-->

Highlight

Most viewed Post

सम्भावित सहजीकरण प्रक्रिया सम्भावित मूल्याङ्कन प्रक्रिया र कार्यघण्टा (सामाजिक अध्ययन कक्षा ९) एकाइ २

 एकाई २.विकासका पूर्वाधार

पाठ १ विकासको अवधारणा तथा पूर्वसर्तहरू

विकासको अवधारणा 

विकासका पूर्वसर्तहरू — दुरदृष्टि, — साक्षरता — स्रोतसाधन— जनसहभागिता — उद्यमशील ता, — सदाचार — शान्ति सुव्यवस्था — प्रविधि 

शिक्षण सिकाई क्रियाकलाप

चित्र, फोटो वा भिडियो प्रदर्शन गर्दै विकास भएको र नभएको अवस्था सम्बन्धमा छलफल गराई विकासको अर्थ बुझाउने 

विकासका विभिन्न परिभाषाहरू पढन् लगाई निष्कर्ष तयार गर्न लगाउने र कक्षामा प्रस्तुति र छलफल गराउने 

विकाससँग सम्बन्धित मुख्य प्राविधिक शब्दहरू सम्बन्धमा समूहमा छलफल गराई कक्षामा प्रस्तुत गर्न लगाउने 

विकसित देशसँग नेपाललाई तुलना गर्न लगाई नेपाल विकासमा पछाडि पर्नुका कारण सम्बन्धमा छलफल गरी विकासका पुर्वसर्तहरूको महत्व पहिचान गराउने 

स्लाइड वा भिडियो प्रदर्शन गरी विकासका पूर्वसर्त सम्बन्धमा जानकारी दिने

जिग्स विधिको प्रयोग गरी समुहमा विकासका एक एक पूर्वसर्तमा नेपालको हालको अवस्था, समस्या र समाधानका उपायहरू सम्बन्धमा अध्ययन गराई कक्षामा प्रस्तुति र छलफल गराउने । 

मुल्यांकन

१. विकास भनेको के हो ? 

२. विकसित र अविकसित देशको एक एक उदाहरण दिनहोस् । 

३. प्रति व्यक्ति आय भनेको के हो ? 

४. विकासका पूर्वसर्तहरू के के हुन् ? 

५. साक्षरताले कसरी विकासमा सहयोग गर्दछ ? 

६. जनसहभागिता विकासको मेरुदण्ड हो, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् । 

७. शान्ति र विकासको के सम्बन्ध छ ? 

८. कक्षा क्रियाकलापमा सहभागिता, सव्रिmयता आदिको अवलोकनबाट पनि मूल्याङ्कन गर्ने । 

पाठ २.विकासको पूर्वाधारहरूः शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, खानेपानी, यातायात, जनशक्ति 

परिचय नेपालमा वर्तमान अवस्था , नेपालमा सम्भावना र अवसर 

शिक्षण सिकाई क्रियाकलाप

चित्र, फोटो, भिडियो आदि प्रदर्शन गर्दै विभिन्न प्रकारका विकासका पूर्वाधारका सम्बन्धमा परिचय र नेपालको वर्तमान अवस्था सम्बन्धमा छलफल गराउने 

समूहमा विकासका एक एक पूर्वाधारका सम्बन्धमा नेपालको सम्भावना, चुनौती र निराकरणका उपायहरू सम्बन्धमा अध्ययन गरी कक्षामा प्रस्तुत गर्न लगाउने ।

समुदाय भ्रमण गरी विकासका पूर्वाधारहरू सम्बन्धमा अध्ययन गरी समुहमा प्रतिवेदन तयार गर्न लगाउने र कक्षामा प्रस्तुति र छलफल गराउने 

आफ्नो विद्यालयमा भएको विकासका पूर्वाधारहरू शीर्षकमा निबन्ध लेख्न लगाउने 

मुल्यांकन

१. विकासको पूर्वाधार भनेको के हो ? 

२. यातायातको सुविधाले के फाइदा हुन्छ ? 

३. शिक्षाले विकासमा कसरी सहयोग गर्दछ ? 

४. दक्ष जनशक्ति नभई देश विकास सम्भव छैन । तपाईँ यस भनाइमा सहमत हुनुहुन्छ, किन ?

५. शुद्ध खानेपानी र विकासको सम्बन्ध कस्तो हुन्छ ? 

६. समुदाय भ्रमण र कक्षा व्रिmयाकलापमा सहभागिता, सव्रिmयता, जिम्मेवारी वहन आदिको अवलोकनबाट पनि मुल्यांकनगर्ने । 

पाठ ३ परम्परागत ज्ञान, सिप र प्रविधि तथा तिनको सिर्जनशील प्रयोग

परम्परागत ज्ञान, सिप र प्रविधिको परिचय (ढिकी, जाँतो, पानी घट्ट हलो , आरन, भाँडाकुँडा बनाउने आदि) 

परम्परागत ज्ञान, सिप र प्रविधिको महत्व र संरक्षणका उपायहरू 

शिक्षण सिकाई क्रियाकलाप

आफनो घर र छिमेकमा भएका परम्परागत प्रविधि तथा सिपहरू सम्बन्धमा मस्तिष्क मन्थन व्रिmयाकलाप गराउने 

भिडियो, स्लाइड वा फोटो देखाई स्थानीय समु दायमा प्रचलित परम्परागत प्रविधि सम्बन्धमा छलफल गर्ने 

स्थानीय प्रविधि (जस्तैः खुवा, छुर्पी, घिउ, घरायसी उपकरण बनाउने) प्रयो गस्थलको अवलो कन भ्रमण गराउने वा भिडियो वा फोटो प्रदर्शन गर्दै छलफल गर्ने 

स्थानीय र परम्परागत प्रविधिको महत्व र चुनौती र संरक्षण गर्ने उपायहरू सम्बन्धमा समुहमा छलफल गराई कक्षामा प्रस्तुती गराउने 

स्थानीय र परम्परागत प्रविधिको पोस्टर तयार गरी कक्षामा प्रदर्शन गर्न लगाउने ।

मुल्यांकनः

१. परस्परागत प्रविधि भनेको के हो ? दुई उदाहरण दिनु होस् । 

२. हामीले आफ्ना स्थानीय ज्ञान र सिपलाई किन संरक्षण गर्नुपर्छ ? 

३. स्थानीय ज्ञान, सिप र प्रविधिलाई संरक्षण गर्ने उपायहरू लेख्नुहोस् । 

४. “स्थानीय ज्ञान, सिप र प्रविधि हाम्रा अमूल्य सम्पत्ति हुन् ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् । ५. समुदाय भ्रमण र कक्षा व्रिmयाकलापमा सहभागिता, सव्रिmयता, जिम्मेवारी वहन आदिको अवलोकनबाट पनि मुल्यांकन गर्ने । 

पाठ ४ स्थानीय स्तरमा विकास प्रस्ताव तर्जुमा र कार्यान्वयन प्रक्रिया

वस्तुगत विवरणसम्बन्धी सामान्य जानकारी (गाउँ÷नगरपालिकामा विकास प्रस्ताव तर्जुमा सामान्य अवधारणा गाउँ÷नगरपालिकामा विकास प्रस्ताव कार्यान्वयन प्रक्रिया जानकारी

शिक्षण सिकाई क्रियाकलाप

योजना भनेको के हो ? योजना किन आवश्यक छ ? योजना तर्जुमा भनेको के हो ? जस्ता प्रश्नहरू प्रयोग गरी (विचार गर, जोडी बनाऊ र आदानप्रदान गर) क्रियाकलाप गराउने 

स्थानीय वडा समितिका पदाधिकारी वा कर्मचारी वा उपभोक्ता समितिका पदाधिकारीलाई कक्षामा बोलाई अन्तरक्रिया गराउने 

कक्षामा विद्यालयसँग सम्बन्धित विकास परियोजना छनोट गरी उपभोक्ता समिति गठन र बैठकको अभिनय गर्न लगाउने 

समुहमा यो जना तर्जुमा र कार्यान्वयन प्रव्रिmयासम्बन्धी चार्ट निर्माण गरी कक्षामा प्रदर्शन गराउने (राम्रो गर्ने समूहलाई पुरस्कृत गर्ने) सक्रियता, जिम्मेवारी वहन आदिको अवलोकनबाट पनि मुल्यांकनगर्ने 

मुल्यांकनः

१. योजना तर्जुमा भनेको के हो ? 

२. स्थानीय तहमा विकास योजना किन आवश्यक छ ? 

३. स्थानीय स्तरमा विकास प्रस्ताव तर्जुमा र कार्या न्वयका चरणहरू उल्लेखगर्नुहोस् । 

४. एउटा विकास परियोजना छनाटे गरी सङ्क्षिप्त रूपमा परियोजना प्रस्ताव तयार गर्नुहोस् । 

५. कक्षा क्रियाकलापमा सहभागिता, सक्रियता, जिम्मेवारी वहन आदिको अवलोकनबाट पनि मुल्यांकन गर्ने


Post a Comment

Previous Post Next Post