-->

Highlight

Most viewed Post

सम्भावित सहजीकरण प्रक्रिया सम्भावित मूल्याङ्कन प्रक्रिया र कार्यघण्टा (सामाजिक अध्ययन कक्षा ९) एकाइ ३

 एकाई ३. हाम्रा सामाजिक मूल्य मान्यता

पाठ १ हाम्रा परम्परा एवम् सामाजिक मूल्य मान्यता परिचय र प्रभाव

नेपालमा प्रचलित धर्महरूको परिचय, सबै धर्मका साझा मूल्य र मान्यता 

शिक्षण सिकाई क्रियाकलाप

विद्यार्थीको परिवार र छिमेकमा प्रचलित धर्महरू सम्बन्धमा प्रश्नोत्तर गर्ने 

कथा वा घटना अध्ययन गराई साझा मूल्य र मान्यताहरू सम्बन्धमा
छलफल गराउने 

समुहमा विभिन्न धर्महरूको अध्ययन गर्न लगाई तिनीहरूका साझा मूल्य र मान्यताहरू सम्बन्धमा समुह प्रस्तुती र छलफल गराउने ।

मुल्यांकन

१. सबै धर्मका साझा मान्यताहरू समेटी आफ्नै भाइ वा बहिनीलाई चिठी लेख्नुहोस् । 

२. धर्मका साझा मान्यताको सूची तयार पार्नुहोस् । 

३. विद्यार्थीहरूको व्यवहार अवलोकन गरी मूल्याङ्कन गर्ने । 

पाठ २ मानव मूल्य र यसको महत्व

मानव मूल्य सम्वन्धमा विद्यार्थीका जानकारी संकलन गर्ने

भिडियो, स्लाइड, फोटो वा चित्र देखाई मानव मूल्य र यसको महत्व सम्बन्धमा छलफल गराउने । 

मानव मूल्यसम्बन्धी विभिन्न भूमिका अभिनय गर्न लगाउने 

मुल्यांकन

१.मानव मूल्यको परिचय दिनु होस् । 

२. मानव मूल्यको महत्व उल्लेख गर्नुहोस् । 

३. विद्यार्थीको व्यवहार अवलोकन गरी मूल्याङ्कन गर्ने । 

पाठ ३. धार्मिक सहिष्णुता र धर्म निरपेक्षता

नेपालमा धार्मिक सहिष्णुताको परम्परा र वर्तमान अभ्यास 

धर्म निरपेक्षताको अवधारणा र महत्व

शिक्षण सिकाई क्रियाकलाप

भिडियो, स्लाइड, फोटो वा चित्र देखाई नेपालमा धार्मिक सहिष्णुताको परम्परा र वर्तमान अभ्यास सम्बन्धमा छलफल गराउने 

धर्म निरपेक्षता सम्बन्धमा 𝑇𝑃𝑆 (विचार गर, जोडी बनाऊ र आदानप्रदान गर) व्रिmयाकलाप गराउने र शिक्षकले अवधारणा प्रस्ट पार्ने 

समुहमा धर्म निरपेक्षताको महत्व सम्बन्धमा अध्ययन गरी बुँदा तयार पार्न लगाउने र कक्षामा प्रस्तुती र छलफल गर्न लगाउने ।

मुल्यांकन

१. नेपालमा धार्मिक सहिष्णुताको परम्परा रही आएको छ । यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् । 

२. धार्मिक सहिष्णुताको परिचय दिनुहोस् । 

३. धर्म निरपेक्षताको महत्व सम्बन्धमा एक अनुच्छेद लेख्नुहोस् । 

४. समुहकार्यमा सहभागिता, सक्रियता, जिम्मेवारी बहन आदिको अवलोकनबाट पनि मुल्यांकन गर्ने । 

पाठ ४ नेपालको परम्परागत कला

नेपाली परम्परागत कलाको परिचय र महत्व 

शिक्षण सिकाई क्रियाकलाप

नेपाली चित्रकला, मूर्तिकला र वास्तुकलाको परिचय, विशेषता र संरक्षण एवम् प्रवर्धनका उपायहरू 

विद्यार्थीहरूका घर र समुदायमा भएका विभिन्न चित्र, मूर्ति र भवनहरू सम्बन्धमा छलफल गराउने 

भिडियो, स्लाइड, फोटो वा चित्र देखाई विभिन्न प्रकारका चित्र, मूर्ति र वास्तुकला सम्बन्धमा छलफल गराउने 

समूह विभाजन गरी समुदायमा भएका विभिन्न चित्र, मूर्ति र भवनहरूको अवस्था राम्रो भए÷नभएको सम्बन्धमा छलफल गराउने र संरक्षणका उपायहरू समेत समावेस गरी सामूहिक प्रस्तुति र छलफल गराउने ड्ड नजिकको धार्मिक वा पुरातात्विक महत्वको स्थानको भ्रमण गराई त्यहाँ भएका चित्र, मूर्ति तथा वास्तुकलाहरू अध्ययन गरी सामूहमा प्रतिवेदन तयार गरी प्रस्तुत गर्न लगाउने 

मूल्याङ्कन

१. नेपालको परम्परागत चित्रकला शैलीलाई कति भागमा बाँडेर अध्ययन गर्न सकिन्छ ? प्रत्येकको छोटो परिचय दिनुहोस् । 

२. नेपाली मूर्तिकलाको परिचय दिनुहोस् । 

३. नेपाली वास्तुकलाका प्रकारहरूको परिचय दिनुहोस् । 

४. नेपाली परम्परागत कलाको संरक्षण र विकासका लागि के के गर्नुपर्ला ? 

५. भ्रमण प्रतिवेदनको ढाँचा, विषयवस्तु, प्रस्तुतीकरण तथा समूहकार्यमा सहभागिता, सव्रिmयता, जिम्मेवारी वहन आदिको अवलोकनबाट मूल्याङ्कन गर्ने । 

पाठ ३ समानुभूति र सहयोग

परिचय, महत्व, व्यावहारिक प्रयोग

कुनै घटना अध्ययन गराएर समानुभूति र सहयोगको धारणा सम्बन्धमा छलफल गराउने 

चित्र, पोस्टर, फोटो, भिडियो वा स्लाइड प्रयोग गरी नेपालमा समानुभूति र सहयोगको परम्परा सम्बन्धमा छलफल गराउने 

समुहमा समानुभूति र सहयोगको महत्व सम्बन्धमा अध्ययन गरी बुँदा तयार पार्न लगाउने र कक्षामा प्रस्तुति र छलफल गराउने 

मुल्यांकन

१. समानुभूति भनेको के हो ? 

२. कुनै व्यक्ति समस्यामा वा दुखमा परेको बेला के गर्नुपर्दछ ?

३. समानुभूति र सहकार्यको महत्व सम्बन्धमा एक समाचार लेख्नुहोस् ।

४. समुहकार्यमा सहभागिता, सव्रिmयता, जिम्मेवारी वहन आदिको अवलोकनबाट पनि मुल्यांकनगर्ने 

३.६ शान्ति संस्कृति

अवधारणा र आवश्यकता ऽ प्रवर्धनका उपायहरू 

शिक्षण सिकाई क्रियाकलाप

देखेका, सुनेका, अनुभव गरेका विभिन्न घटनाहरूका आधारमा शान्ति र द्वन्द्वबिच फरक छुट्याउन लगाउने

समुहमा शान्ति संस्कृतिको आवश्यकता र यसको विकास गराउने उपायहरू सम्बन्धमा छलफल गराई प्रस्तुति गराउने र शिक्षकले निचोड प्रदान गर्ने ।

मुल्यांकन

१. शान्ति र द्वन्द्वबिच के फरक छ ? 

२. हामीलाई शान्ति किन आवश्यक पर्छ ?

३. के के गरेर शान्ति संस्कृतिको विकास गराउन सकिन्छ ? 

४. शान्ति संस्कृ ति विकास गराउने कार्य हरूबारे आत्ममू ल्याङक् न गर्न लगाउने साथीहरूले झगडा गरेमा के गर्ने ? झैं झगडा नगर्ने आदि । 

७ केही राष्ट्रिय  विभूति तथा व्यक्तित्वहरूको योगदान

राष्ट्रिय  विभूतिहरू परिचय र योगदान, राष्ट्रिय  व्यक्तित्वहरू ः वि.पी. कोइराला र पुष्पलाल 

शिक्षण सिकाई क्रियाकलाप

गोला प्रथाबाट प्रत्येक जोडीलाई एक एक जना राष्ट्रिय  विभूतिको सम्बन्धमा अध्ययन गराई उनीहरूको परिचय र योगदान सम्बन्धमा टिपोट गर्न लगाएर तातो आलु वा त्यस्तै खेल खेलाउने 

चित्र, पोस्टर, फोटो, भिडियो वा स्लाइड प्रयोग गरी पर्रेणादायी राष्ट्रिय  व्यक्तित्वहरू (वि.पी. कोइराला र पुष्पलाल) सम्बन्धमा छलफल गराउने 

समूहमा अन्य प्रेरणादायी राष्ट्रिय  व्यक्तित्वहरूको जीवनी अध्ययन गराई प्रस्तुति गराउने ।

मूल्याङ्कन

१. राष्ट्रिय  विभूति भनेको के हो ? 

२. अरनिको को हुनुहुन्थ्यो ? उहाँलाई किन राष्ट्रिय  विभूति मानिएको हो ? 

३. पुष्पलालको जीवनबाट सिक्न सकिने कुनै चार कुराहरू उल्लेख गर्नेहोस् । 

४. समूह कार्यमा सहभागिता, सव्रिmयता, जिम्मेवारी वहन आदिको अवलोकनबाट पनि मूल्याङ्कन गर्ने । 


Post a Comment

Previous Post Next Post