-->

Highlight

Most viewed Post

दखद खबर😭😭 बस दुर्घटना 😭


दु:खद खबर्😪

महेन्द्रनगर देखि बैतडीको पुर्चौडी हाट जाँदै गरेकाे ना ८ ख १०७८ बस हिजो राति १२ बजे तिर डडेल्धुरा जिल्लाको पोखरा नजिक खस्रेखान भन्ने ठाउँमा दुर्घटना हुदा ४ जनाको घटना स्थलमै मृत्यु भएको र १६ जना  घाइते भएका भन्ने खवरले मर्माहत बनायो। घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जलीका साथै परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछु।

मृतक :

१) जि.बैतडी पुर्चौडी न.पा.३ बस्ने बर्ष ४५ की जैमती बोहरा डडेल्धुरा अस्पतालमा पुगी डक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको ।

२) जिल्ला बैतडी पुर्चौडी न.पा. ३ बस्ने २ दिनको नाबालक डडेल्धुरा अस्पतालमा पुगी डक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको । (कमला बोहराको छोरा रहेको खुल्न आएको)

३) जिल्ला बैतडी पुर्चौडी न.पा. ३ बस्ने अ. बर्ष २०/२२ को सहदेव बोहरा डडेल्धुरा अस्पतालमा पुगी डक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।

४) ऐ.ऐ. बस्ने अ. बर्ष २०/२१ की कमला बोहरा डडेल्धुरा अस्पतालमा पुगी डक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।

रिफर घाईते :

१) चालक जिल्ला बैतडी पुर्चौडि न.पा. ८ बस्ने बर्ष २४ को बिरेन्द्र बोहरा (दुबै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट) अवस्था सिरियस, ऐ. ०३:५० बजेको समयमा धनगढी तर्फ रिफर गरेको ।

२) जि. डडेल्धुरा आलिताल गा.पा. १ बस्ने बर्ष २१ को मुकुन्द बोहरा (कम्मर, टाउको, मुखमा चोट) अवस्था मध्यम । ऐ.०५:५० बजेको समयमा धनगढी तर्फ रिफर ।

मध्यम घाईतेहरू :

१) जि. बैतडी पुर्चौडी न.पा. ७ बस्ने बर्ष २४ को नवराज साउँद (बाँया आँखा, टाउको, कम्मरमा चोट) अवस्था मध्यम ।

२) जि. बैतडी पुर्चौडी न.पा. वडा न. ६ बस्ने बर्ष २४ को राजेन्द्र साउद (दुवैहात, खुट्टा, टाउकोमा चोट) अवस्था मध्यम ।

३) जि. कञ्चनपुर कृष्णपुर न.पा. ५ बस्ने बर्ष ६५ कि धनमति साउँद (आँखा, बाँया खुट्टा निधार, कम्मरमा चोट ) अवस्था मध्यम ।

४) जिल्ला बैतडी पुर्चौडि न.पा. ८ बस्ने बर्ष ४२ को पदम बहादुर बोहरा (कम्मर, टाउकोमा चोट) अवस्था मध्यम ।

५) ऐ.ऐ. वडा न. ७ बस्ने बरष २८ को नवराज सिंह रतुकी (टाउको, कम्मर, छातिमा चोट) अवस्था मध्यम ।

६) ऐ.ऐ. बस्ने बर्ष २० को सुरेन्द्र रतुकी (अनुहार, कम्मर, टाउकोमा चोट ) अवस्था मध्यम ।

७) ऐ.ऐ. वडा न. १० बस्ने बर्ष ४० को दामोदर महरा (कम्मर, छाती, मुखमा चोट) अवस्था मध्यम ।

८) ऐ.ऐ बस्ने १० बस्ने बर्ष अ. २५/२६ को धन बहादुर महरा टाउकोमा चोट अवस्था मध्यम ।

सामान्य घाईतेहरू :

१) जि. कञ्चनपुर कृष्णपुर न.पा. ४ बस्ने बर्ष २५ को दिनेश साँउद ( छाति, टाउकोमा चोट) अवस्था सामान्य ।

२) जिल्ला दार्चुला मार्मा गा.पा. ५ बस्ने बर्ष ३५ कि बिमला महता (दाहिने हात, खुट्टामा चोट) अवस्था सामान्य

Post a Comment

Previous Post Next Post