-->

Highlight

Most viewed Post

Introduction Of Bajhang (बझाङको परीचय)

१६ पृष्ठको PDF File डाउनलोड गर्न ः

👉👉 Introduction Of Bajhang (बझाङको परीचय) 

मा क्लिक गर्नुहोस् ।

         भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा यो हिमाली जिल्ला बझाङ्ग अवस्थित रहेको छ । नेपालकै शिक्षामा अग्रणी भुमिका निर्वाह गर्ने  बझाङ्ग जिल्ला जयपृथ्वी बहादुर सिंह जस्ता मानवतावादी राजा, शिक्षाप्रेमी तथा पत्रकारका कारणले पनि प्रख्यात छ ।यस जिल्लाको नाम कसरी बझाङ्ग रह्यो भन्ने सम्बन्धमा एक ऐतिहासिक रोचक कथन छ । बझाङ्गी राजाका पूर्वजले साविकको व्याँसी गा.वि.स.मा हाल छ वसपाथिभेरा गाउँपालिका पर्ने एउटा शिखरमा दरवार(कोट) बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिला(ढुङ्गा)  फेला परेछ । उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फाल्दा बारम्बार साविककै ठाउँमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरवको रुपमा स्थापित गरी पुजा गरे । अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङ वा वज्र परेछ । तर कालभैरवको प्रभावले उक्त चट्याङ प्रभावहिन भई दरवारमा कुनै क्षति नपुगेकोले त्यस ठाउँलाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंश भई बझाङ्ग हुन गएको हो भन्ने ऐतिहासिक मान्यता रहि आएको छ ।

चौविसे राज्यमध्ये बझाङ्ग पनि एउटा राज्य थियो । जसका अन्तिम राजा ओमजङ्ग बहादुर सिंह थिए । बझाङ्ग मात्रै नभई सम्पुर्ण देशकै शैक्षिक इतिहासमा अग्रणी मानिएका सु-प्रख्यात मानवतावादी राजा श्री जयपृथ्वी बहादुर सिंहले नेपाली भाषाको पहिलो पाठ्यपुस्तक अक्षरांश लेखि नेपालकै शैक्षिक इतिहासमा ठुलो योगदान पुर्‍याएका थिए ।यस जिल्लाको सदरमुकाम बाहुलीगाड र सेती नदीको दोभानमा अवस्थित छ जुन अति रमणीय तथा हिमाली हावापानीले भरिपुर्ण रहेको छ  यो जिल्ला विशेष गरी पहिरो, आगलागी, मौषमको विषमता, महामारीको प्रकोपबाट उच्च जोखिममा रहेको छ । यस प्रकारका विपदको समयमा प्रभावकारी रुपमा मानवीय सहायता परिचालन, प्रकोपबाट हुने क्षति न्यूनीकरणमा पूर्व तयारी गर्ने र सम्बन्धित निकायको जिम्मेवारीलाई प्रष्ट किटान गर्नका लागी विपद पूर्वतयारीले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

थप जानकारीका लागि -

👉👉👉१६ पृष्ठको PDF File डाउनलोड गर्न Introduction Of Bajhang (बझाङको परीचय) मा क्लिक गर्नुहोस् 


Post a Comment

Previous Post Next Post