-->

Highlight

Most viewed Post

सम्भावित सहजीकरण प्रक्रिया सम्भावित मूल्याङ्कन प्रक्रिया र कार्यघण्टा (सामाजिक अध्ययन कक्षा ९) एकाइ १

 कक्षा ९

सम्भावित सहजीकरण प्रक्रिया सम्भावित मूल्याङ्कन प्रक्रिया र कार्यघण्टा

एकाई १. हामी र हाम्रो समाज

पाठ १ समाज विकासको अवधारणा

समाज र समुदायको परिचय, समाजका विशेषताहरू, व्यक्ति र समाजको अन्तरसम्बन्ध 

शिक्षण सिकाई क्रियाकलाप

 समाज र समुदाय सम्बन्धमा प्रश्नहरू प्रयोग गरी विचार गर, जोडी बनाऊ र आदानप्रदान गर क्रियाकलाप गराउने 

 समुहमा निम्न शीर्षकमा छलफल गरी चार्ट वा तालिका तयार गर्न लगाउने 

 समाज र समुदायबिच फरक, समाजका विशेषताहरू, व्यक्ति र समाजबिचको अन्तरसम्बन्ध, समाज विकासको परिचय, समाज विकासका विशेषताहरू, समुह नेताबाट समुहको प्रस्तुति गर्न लगाउने

 अन्य समुहबाट पृष्ठपोषण दिन लगाउने र शिक्षकले आवश्यकता अनुसार पृष्ठपोषण र सहजीकरण गर्ने  

मुल्यांकन

१. समाज भनेको के हो ? 

२. समाजका कुनै दुई विशेषताहरू बताउनुहोस् । 

३. व्यक्ति र समाजबिचको अन्तरसम्बन्ध सम्बन्धमा एक अनुच्छेद लेख्नुहोस् । 

४. तपाईंको समुदायमा गत पाँच वर्षमा के के परिवर्तनहरू भएका छन् ? खोजी गरी तालिका तयार गर्नुहोस् 

५. समूह क्रियाकलापमा सहभागिता, सक्रियता आदिको अवलोकनबाट मूल्याङ्कन गर्ने 

पाठ २ समाज विकासका चरणहरू

 समाजको उत्पत्ति र विकास (अवधारणा, चरणहरू (कार्ल माक्र्स , टायलर र मोर्गानकाअनुसार) 

 शिक्षण सिकाई क्रियाकलाप

 विभिन्न चार्ट, भिडियो वा स्लाइड प्रदर्शन गरी समाजको उत्पत्ति सम्बन्धमा जानकारी दिने 

 समाज विकासका चरणहरू लेखिएको चार्ट वा स्लाइड देखाई छलफल गर्न लगाउने 

 विभिन्न चार्ट, फोटो, भिडियो वा स्लाइड प्रदर्शन गरी कार्ल माक्र्स, टायलर र मोर्गानका अनुसारका समाज विकासका चरणहरू सम्बन्धमा जानकारी दिने 

 विभिन्न काल्पनिक समाजको उदाहरण दिई तिनीहरू कुन चरणमा पर्दछन् ? समूहमा छलफल गरी प्रस्तुत गर्न लगाउने 

 पुँजीवादी र समाजवादी समाजमध्ये कुन ठिक छ भन्ने सम्बन्धमा विद्यार्थीलाई आफ्नो तर्क दिन लगाउने । 

मुल्यांकन

१. समाजको उत्पत्ति कसरी भएको हो ? 

२. तलका समाजका एक एक विशेषताहरू बताउनुहोस् ः दास समाज, सामन्तवादी समाज, पुँजीवादी समाज 

३. माथि उल्लेखित समाजहरूमध्ये तपाईलाई कुन समाज बढी सुधारवादी वा प्रगतिशिल लाग्छ, कारणसहित लेख्नुहोस् । 

पाठ ३ समाजका प्रकारहरू

समाज वर्गीकरणका आधारहरू (भाषा, धर्म, बसोबास, समय, अर्थव्यवस्था, जीवन पद्धति)

जीवन पद्धतिका आधारमा समाजको वर्गीकरण (सिकारी तथा कन्दमुल सङ्कलक समाज 

(कृषि तथा पशुपालक समाज, औद्योगिक समाज, आधुनिक समाज)

समुह विभाजन गरी समाज वर्गीकरणका आधारहरू एक एकओटाको सम्बन्धमा छलफल गरेर बुँदाहरू तयार गरी पालैपालो प्रस्तुति गर्दै छलफल गर्ने 

समुह विभाजन गरी जीवनपद्धतिका आधारमा गरिएको समाजको वर्गीकरणका शीर्षकहरूमा छलफल गरी चार्ट वा तालिका प्रस्तुति गर्न लगाउने 

अन्य समुहबाट पृष्ठपोषण दिन लगाउने 

शिक्षकले आवश्यकताअनुसार पृष्ठपोषण र सहजीकरण गर्ने 

जीवन पद्धतिका आधारमा समाजका प्रकारहरूका सम्बन्धमा चित्रसहितको चार्ट तयार गराउने (समुहमा गर्न सकिने) तलका जस्तै 

मुल्यांकन

१. समाज वर्गीकरणका कुनै दुई आधारहरू उल्लेखगर्नुहोस् । 

२. फलफूल खेती गर्ने समाज र पशुपालकबिचका समानता र भिन्नताहरूको सुचीकरण गर्नुहोस् 

३. कृषि समाजबाट औद्योगिक समाजमा समायोजन हुँदा मानिसले के के सिपहरू सिक्नु पर्ला ? 

४. समुह व्रिmयाकलापमा सहभागिता, सक्रियता आदिको अवलोकनबाट पनि मूल्याङ्कन गर्ने 

पाठ ४ समाजका आधारभुत तत्वहरू

समाजका आधारभुत तत्वहरू

असल समाज निर्माणमा व्यक्तिको भूमिका 

शिक्षण सिकाई क्रियालाप

विद्यालय एउटा समाज भएको कुरा उदाहरणका रूपमा प्रस्तुत गरी विद्यालय बन्नका लागि के के आवश्यक पर्दछ, छलफल गराई समाजका तत्वहरू हरूको परिचय गराउने 

स्लाइड वा कार्ड प्रयोग गरी समाजका आधारभुत तत्वहरू हरू सम्बन्धमा जानकारी दिने 

विद्यालयमा के के भएमा राम्रो होला भने र जोडी जोडीमा छलफल गर्न लगाउने र केही जोडीहरूको विचार प्रस्तुत गर्न लगाउने 

स्लाइड वा चार्ट वा कार्डको प्रयोग गरी असल समाजका तत्वहरू हरू सम्बन्धमा छलफल गर्ने 

असल समाजका तत्वहरू हरूमध्ये कुनै तीनओटा छान्नु पर्दा कुन कुन छान्नुहुन्छ र किन ? यस प्रश्नमा व्यक्तिगत रूपमा सोच्न र टिप्न लगाई सामुहिक छलफल गराउने । 

असल समाज निर्माणमा व्यक्तिको भुमिका सम्वन्धमा कक्षामा समुहगत छलफल गर्न लगाई निष्कर्ष प्रस्तुत गर्न लगाउने । 

मुल्यांकन

१. समाजका आधारभूत तत्वहरू हरू के के हुन ? कुनै दुईओटा उल्लेख गर्नुहोस् । 

२. असल समाजका तत्वहरू हरूमध्ये कुनै दुईओटा उल्लेख गर्नुहोस् । 

३. सामाजिक नियम किन पालना गर्नुपर्दछ ? 

४. तपाइ बसोबास गर्ने समाजमा असल समाजका तत्वहरू हरूमध्ये कुन कुन रहेका छन्, उदाहरणसहितको सूची बनाउनुहोस् । 

५. कक्षा क्रियाकलापमा सहभागिता, सक्रियता आदिको अवलोकनबाट पनि मूल्याङ्कन गर्ने । 


Post a Comment

Previous Post Next Post