-->

Highlight

Most viewed Post

कक्षा १२ नेपाली प्रश्नपत्र २०८०

अनिवार्य नेपाली Class 12

(नया पाठ्यक्रम)

समय  ३ घण्टा पूर्णाङ्क ७५

१. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस्  

गरिबी न्यूनीकरण नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना र निर्यात प्रवद्र्धनका माध्यमबाट अर्थतन्त्रलाई सुदृढ गर्नु आवश्यक छ । तुलनात्मक लाभ तथा प्रतिस्पर्धी क्षमता भएका नेपाली वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्नुपर्छ ।

२. तलको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् ३

अग्लो डाडा बाट विहानै शूर्योदयको दृश्य हेर्दा म मन्त्रमूग्ध भए । नया“ ठाउ“ त्यहा“को प्राकृतिक रमणियता र समाजिक जीवनपद्धतिबाट मलाई आनन्दको अनुभूति हुन्छ ।

३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् २

(क) तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी

तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्  परीक्षा चलिरहेको ठाउ“मा पर्यवेक्षक टुृप्लुक्क आएको देखेर निरीक्षकहरू मुसुक्क हा“से । विद्यार्थीहरू अनुशासित भएर खुरुखुरु लेखिरहेका थिए ।

(ख) तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः

हाम्रा अग्रजले हामीलाई देशको विकास र उन्नतिका लागि कम्मर कसेर काम गर्ने र राष्ट्रको नाक राख्ने जस्ता स्वाभिमानी कुरा सिकाएका छन् । एकले थुकी सुकी सयले थुकी नदी भने झ“ै सम्पूर्ण नेपालीको एक मन हुनुपर्छ । अरूका चिप्ला र आकर्षक कुरामा विश्वास गर्ने हो भने अर्काको बाच्छा चाट्यो मुखभरि रौ“, रौ“ पनि उडायो रा“ै न सा“ै भने झ“ै हुन सक्छ ।

४. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् ः ३

कतिपय मानिसहरू आफ्नो विचारस“ग मेल नखाने व्यक्तिलाई मित्रका रूपमा स्वीकार गर्न

अप्ठ्यारो मान्दछन् । प्रायः हामी धेरैलाई आफ्नो विचार शतप्रतिशत उचित हो भन्ने लाग्छ तर

हरेक मान्छेको विचार त फरक हुन्छ ।

५. तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी

लेख्नुहोस् ः २

आवासीय क्षेत्रको पहिचान हुन नसक्दा खेतीयोग्य जमिन घट्दै र कङ्व्रिmटको सहर बढ्दै गएको

छ । यस्तो कार्य बेलैमा रोकेर खेतीयोग्य जमिन र आवासीय जमिनको क्षेत्र निर्धारण हुनुपर्छ ।

६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ३

(क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनुहोस् ः

उपसर्ग  बि, कु, अभि

प्रत्यय  यौली, , तव्य

(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त

शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रव्रिmया देखाउनुहोस् ः

पुरुषोत्तम कार्यालय जानका लागि तम्तयार भएर बसेका थिए । बुबाआमाले उनलाई बेलुका

गफगाफमा नभुली फटाफट घर आउनू है भनेर सम्झाउनुभयो । छरछिमेकमा उनीहरू

बुढापाकाहरूमध्ये बुद्धिजीवीका रूपमा चिनिन्छन् ।

७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४

(क) ले, लाई, बाट, द्वारा, देखि, को, मा, लागि विभक्ति लागेका कारकहरूको प्रयोग गरी आफ्नो

बाल्यकालका बारेमा चार वाक्यमा वर्णन गर्नुहोस् ।

(ख) तल दिइएका वाक्यहरूलाई द्वितीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् ः

ऊ प्रयोशाला गयो । उसले त्यहा“ अत्याधुनिक उपकरण देख्यो । उसले अनौठो मानेर

प्रयोगशाला हे¥यो । उसले घर आएर परिवारका सबै सदस्यलाई प्रयोगशालाका बारेमा

बतायो ।

८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४

(क) सम्भावनार्थक क्रियापदको प्रयोग गरेर आफ्नो मातृभूमिका बारेमा चार वाक्यमा एक अनुच्छेद

लेख्नुहोस् ।

(ख) वाच्य परिवर्तन गर्नुहोस् ः

लेखकहरू समसामयिक विषयमा लेखहरू लेख्छन् । नेताहरू संविधानको उचित कार्यान्वयन

गरून् । किसान जैविक खेती गर्दै छन् । वृद्धाहरू जीवनको अनुभव सुनाउ“छन् । युवाहरू नया“

खोज अनुसन्धानमा लागेका छन् ।

९. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४

(क) तल दिइएका आठओटा सरल वाक्यलाई चार ओटा जटिल वाक्य बनाई लेख्नुहोस् ।

म अहिले पढ्दै छु । म भोलि देशको उच्च तहमा पुग्ने छु । हाम्रो देशमा विविध सम्भावना

छन् । म रोजगारी सिर्जना गर्छु । सहिदका सपना अधुरै रहेका छन् । हामी सहिदका सपना

पूरा गर्न चाहन्छौं“ । हामीले सहिदलाई उच्च सम्मान गर्नुपर्छ । उनीहरू हाम्रा मुक्तिदाता

हुन् ।

 (ख) कथन परिवर्तन गरी लेख्नुहोस्

बालकृष्ण समले भने–“ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा ।”

देवकोटाले भनेका छन् –“मानिस ठुलो दिलले हुन्छ जातले हु“दैन ।”

गुरुले मलाई सोध्नुभयो– “तिमीले गृहकार्य ग¥र्यौ त ?”

विदेशीहरूले भने–“नेपाल अत्यन्तै सुन्दर देश हो ।”

१०. तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ५

समाचार भन्नाले सामान्यत हालखबर वा नया“ घटनाको विवरण भन्ने बुझिन्छ । यसैले रेडियो, टिभी, जस्ता श्रव्य–दृश्य माध्यमबाट प्रसारित वा पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन् । समाजमा घट्ने घटनाको विवरण भएकाले समाचार मानिसको पहु“चभित्रको विषय हो । समाचारका विषयअन्तर्गत राजनीति, शिक्षा, खेलकुद, व्यापार, वाणिज्य, संस्कृति आदि जुनसुकै हुन सक्छन् । यसरी जुनसुकै विषय समाचार बन्न सक्ने भए पनि कुनै पनि विषय आफैमा समाचार भने हु“दैन । जुन कुराले पाठक वा श्रोताको ध्यान आकर्षित गर्छ र नया“ सूचना सम्प्रेषण गर्छ त्यस्तो विषयवस्तु समाचार बन्छ । समाचारका

बारेमा भन्ने गरिन्छ, “कुकुरले मान्छेलाई टोक्नु समाचारको विषय बन्न सक्दैन तर मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार बन्छ” समाचारलाई रोचक बनाउने भन्दैमा यथार्थलाई परित्याग गर्न चाहि“ मिल्दैन । समाचार सम्प्रेषणमा संवाददाता पूरै तटस्थ रहनु राम्रो मानिन्छ । उसले आफ्नो राय, विचार वा निर्णयभन्दा घटना वा सूचनाको तथ्यपरक विवरण दिए पुग्छ । समाचारको उद्देश्य आम जनतासम्म सन्देश पु¥याउनु हो । यसैले समाचारको भाषा सकेसम्म सरल बनाउनु पर्छ । समाचारमा छोटा छोटा वाक्य प्रयोग गर्नु राम्रो मानिन्छ । समाचारको शैली विशिष्ट हुन्छ । यही शैलिगत विशेषताकै आधारमा समाचारलाई घटनापरक, प्रक्रियापरक र फिचर गरी तीन प्रकारमा वर्गीकरण गर्ने प्रचलन छ । समग्रमा भन्दा सत्यता, विश्वसनीयता, नविनता, रोचकता, सन्तुलन, भाषिक सरलता र स्पष्टता समाचारका खास विशेषता हुन् ।

प्रश्नहरू

(क) के कस्ता माध्यमबाट समाचार सम्प्रेषण गरिन्छ ?

(ख) समाचारका विषयक्षेत्र कुन कुन हुन् ?

(ग) समाचारको भाषा कस्तो हुनुपर्छ ?

(घ) समाचारलाई कति भागमा वर्गीकरण गरिएको छ ?

(ङ) समाचारका खासखास विशेषता के के हुन् ?

११. तलको दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बु“दा टिपोट गर्नुहोस् र एकतृतीयांशमा

सारांश लेख्नुहोस् ः २+३

जिज्ञासा नै ज्ञानको बीज हो । जिज्ञासा वृत्तिलाई विकसित गर्नु र त्यसमा उत्तम संस्कारको स्थापना गर्नुमा नै शिक्षाको उपयोगिता रहेको हुन्छ । यस कारणले जुन शिक्षाले मानवका सद्वृत्तिको जागरण गर्दैन, जसले मानवलाई भोगप्रधान प्रयोगमार्गबाट कल्याणप्रधान श्रेयोमार्गतर्फ लग्दैन, मानव मनमा पसेर मानवलाई एक श्रेष्ठ जीवनस्वप्नले भरिदि“दैन त्यो शिक्षा होइन, साक्षरता मात्र हो । आज यस किसिमको साक्षरता नै संसारका अनेक जटिल समस्याको कारण बन्न पुगेको छ । यसकारण शिक्षा हाम्रो धर्म र संस्कृतिको अनुकूल हुनैपर्छ । विद्यार्थीले विद्यालयमा मात्र सबै कुरा सिक्छन् भन्नु ठुलो भुल हुन जान्छ । बालक परिवारमा, बाटामा, मित्रसम्पर्कमा र सर्वत्र केही न केही सिकिरहेको हुन्छ । ऊ आÇना मातापिता, बन्धुवान्धव, साथीसंगाती, परिचित, अपरिचित मानिसको व्यवहारबाट पनि धेरथोर सिकिरहेको हुन्छ । यस कारण समाजको वातावरण आजको जस्तो दूषित हुनु हु“दैन । सामाजिक वातावरणको परिष्कार गर्नु अत्यन्त आवश्यक छ । यसका लागि

अर्थप्रधान जीवनदृष्टिको ठाउ“मा कर्तव्यप्रधान जीवनदृष्टिको स्थापना अत्यन्त आवश्यक हुन आउ“छ । कर्तव्यप्रधान जीवनदृष्टिको निर्माण संस्कृतिमूलक शिक्षाबाट पनि हुने गर्छ । यस्तो शिक्षाबाट मानव असल त हुन्छ नै साथै सफल पनि हुन्छ ।

१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४

(क) विभिन्न सिप आर्जन गरी तुरुन्तै व्यावसायिक काम गर्न सक्ने प्राविधिक जनशक्ति उत्पादनका लागि खोलिएको प्राविधिक तथा व्यावसायिक विद्यालयको प्रचार–प्रसारका लागि गरिने विज्ञापनको नमुना तयार पार्नुहोस् ।

(ख) कृषि विकास बैंकबाट घर निर्माणका लागि रु. ५०,००,०००।— (पचास लाख) ऋण लिन लागेको विषयलाई समेटी तमसुकको नमुना तयार पार्नुहोस् ।

१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस्  

(क) आपूmले गरेको शैक्षिक भ्रमणको चर्चा गर्दै एउटा प्रतिवेदन तयार पार्नुहोस् ।

( मानौं तपाई“को नाम सुमन हो र विद्यालयको नाम हिमालय मा.वि. हो ।)

(ख) ‘भ्रष्टाचार नियन्त्रण’ शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

१४. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् ः ४

(क) आखिर जीवन नै नाटक हो । संसार नै रङ्गमञ्च हो ।

(ख) त्यो आउ“दा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्ने छौ

तर त्यो हि“उ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउ“छ ।

१५. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४

(क) तल दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ः

जोगबनीदेखि धरानसम्मको अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउ“देखि बाह्रबिसेसम्मको

फराकिलो कालो बाटालाई सराप्दै हामी ठसठस कनिरह्यौं“ । सिंहदरबार अगाडिको चिप्लो

बाटो त्यहा“ थिएन, न त्यहा“ भैरहवाबाट बुटवल जा“दा जस्तो तेर्सो सोझो बाटो नै थियो । त्यहा“

त चुच्चे ढुङ्गाहरू पहरामा तेर्सिएका थिए काला रूखका छा“यामा कच्पल्टिएर । पसिनाले

निथ्रुक्क भिजेर हामी छ जना अभागी आकाशतर्फ उचालिइरह्यौ“, उचाइलिइरह्यौ“ ।

प्रश्नहरू

(अ) लेखकले अलकत्रे र कालो फराकिलो बाटोलाई किन गाली गरेका हुन् ?

 (आ) लेखकसहित छ जना साथीहरु आकाशतर्फ उचालिरहनुको तात्पर्य के हो ?

(ख) तलको संवादांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ः

हेर घनश्याम, प्राकृतिक सौन्दर्यको मात्रै कुरा गर्ने हो भने पनि नेपालका हिमाल, जङ्गल र चरा मात्रै भनेर पुग्दैन । यहा“ असङ्ख्य पहाड, अन्नको भण्डार तराई, नदी, ताल, उपत्यका, सिमसार, जैविक विविधता आदि थुप्रै कुरा छन् । नेपाल आउने पर्यटक सबै हिमाल हेर्न र आरोहण गर्न आउने होइनन् नि । पर्यटनका लागि विभिन्न किसिम छन् भन्ने तिमीलाई थाहै छ । त्यसमध्ये सांस्कृतिक पर्यटन पनि त एक हो । नेपाल जस्तो सानो ठाउ“मा सबै जाति, सयौ“ भाषा, सयौ“ संस्कृतिको अध्ययन गर्न पाउनु सांस्कृतिक पर्यटकका लागि ठुलो अवसर हो नि । त्यसैले नेपालको विविधतास“ग पर्यटकको सरोकार हुने भएन र ?

प्रश्नहरु

(अ) नेपालको प्राकृतिक सौन्दर्यभित्र के के कुरा पर्छन् ?

(आ) नेपालमा सांस्कृतिक पर्यटनको कस्तो सम्भावना छ ?

१६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ः ४

(क) दमयन्तीको जस्तो कठिन अवस्थामा तपाई“ भएको भए नललाई खोज्न तपाई“ कस्तो उपाय अपनाउनुहुन्थ्यो ? आफ्नो प्रतिक्रिया दिनुहोस् ।

(ख) छोराछोरीको माया, लोग्नेको माया, अरूको माया छुट्टाछुट्टै हुन् । मायाको आफ्नै विशेषता

छ । यस भनाइलाई ‘मातृत्व’ कथाका आधारमा पुष्टि गर्नुहोस् ।

१७. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् ः ८


(क) ‘एक चिहान’ उपन्यासमा के कस्ता सामाजिक कुरीति र कुसंस्कारको विरोध गरिएको छ ?

स्पष्ट पार्नुहोस् ।

(ख) ‘हामीलाई बोलाउ“छ हिमचुली’ कवितामा नेपाली राष्ट्रिय भावनाको चित्रण कसरी

गरिएको छ ? समीक्षात्मक उत्तर दिनुहोस् ।

१८. कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् ः ८

(क) वातावरण संरक्षण

(ख) म र मेरो जन्ममूमि

(ग) शिक्षा र रोजगार


Post a Comment

Previous Post Next Post