-->

Highlight

Most viewed Post

शैक्षिक दिवस कहिले ? राष्ट्रिय शैक्षिक दिवसहरुको सन्दर्भ । नाराहरु ।। २०८१ ।।

✍🏻शैक्षिक दिवस कहिले ? राष्ट्रिय शैक्षिक दिवसहरुको सन्दर्भ । नाराहरु ।। २०८१ ।।

शैक्षिक दिवसहरु २०८१

अन्तर्राष्ट्रिय साक्षरता दिवस- सेप्टेम्बर ८

"बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्परिक सहयोग र शान्तिका लागि साक्षरता"

अन्तर्राष्ट्रिय साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ। यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४औँ सत्रमा घोषणा गरेको थियो । सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो । यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो ।

राष्ट्रिय बाल दिवस- भाद्र २९

"बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी"

वि.सं २०२१ भदौ ४ गतेदेखि रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणाको रुपमा मनाउदै आएकोमा बि.सं. २०६३ साल देखि भदौ २९ गतेका दिन मनाउन थालिएको हो । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पारित महासन्धीलाइ नेपालले सन् १९९० सेप्टेम्बर १४ (२०४७ साल भदौ २९) मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो ।

(नेपालले १४ सेप्टेम्बर १९९० तदअनुसार २९ भाद्र २०४७ मा अनुमोदन गरेको) २० नोभेम्वर १९८९ मा महासभाद्धारा पारित प्रस्ताव ४५/२५ बमोजिम ग्रहण गरी हस्ताक्षर अनुमोदन तथा सम्मिलनकोलागि खुला गरिएको

लागू भएको मितिः महासन्धिको धारा ४९ अनुसार,२ सेप्टेम्बर १९९० तदनुसार २० भाद्र २०४७

राष्ट्रिय शिक्षा दिवस-असोज २

"ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता"

अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन मनाउनु उपयुक्त नहुने भन्दै २०७७ सालदेखि २०७९ सम्म कुनैपनि शिक्षा दिवस मनाइएन । २०८० सालमा राष्ट्रिय शिक्षा निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन २०७५ साल असोज २ गते जारी भएको मितिका आधारमा असोज २ गते मनाउने निर्णय गरियो

                                                                   ✍🏻लक्ष्मीप्रसाद जोशी

Post a Comment

Previous Post Next Post