-->

Highlight

Most viewed Post

कक्षा ९ सामाजिक अध्ययन पाठ्यक्रम नयाँ


कक्षा ९  सामाजिक अध्ययन पाठ्यक्रम २०८१

कक्षा ९

एकाई १.हामी र हाम्रो समाज

१. समाज विकासको अवधारणा र चरणहरूको उल्लेख गर्न

२. समाजका प्रकारहरू बताउन र असल समाज निर्माणमा आफ्नो भूमिका निर्वाह गर्न

एकाई २.विकास र विकासका पूर्वाधार

३. विकासको अवधारणासँग परिचित हुन र पूर्वसर्तहरूको पहिचान गर्न

४. विकासको पूर्वाधारहरूको परिचय दिई सम्भावना र अवसरको खोजी गर्न

५. परम्परागत ज्ञान, सिप र प्रविधिको महत्व बताउन तथा तिनको सिर्जनशील प्रयोग गर्न

६. स्थानीय तहमा विकास प्रस्ताव तर्जुमा र कार्यान्वयन प्रक्रिया उल्लेख गर्न

३ .हाम्रो परम्परा एवम् सामाजिक मूल्य र मान्यता

७. हाम्रा परम्परा एवम् सामाजिक मूल्य मान्यताको पहिचान र त्यसले समाजमा पारेको सकारात्मक प्रभावको खोजी गर्न

८. धार्मिक सहिष्णुता र धर्म निरपेक्षताको महत्व बताउन र व्यावहारिक अभ्यास गर्न

९. हाम्रो परम्परागत कलाको परिचय र महत्व बताउन

१०. समानुभूति, सहयोग र शान्ति संस्कृतिको महत्व बोध र अभ्यास गर्न

११. राष्ट्रिय  व्यक्तित्व तथा विभूतिहरूको योगदान उल्लेख गर्न र प्रेरणा लिन

४. सामाजिक समस्या र समाधान

१२ सामाजिक समस्या र विकृतिको पहिचान गरी त्यसका असर र समाधानका उपायहरू उल्लेख गर्न

१३ सामाजिक सुधारमा स्थानीय र राष्ट्रिय  सङ्घसंस्थाको योगदानको खोजी गर्न

१४ सामाजिक समस्या समाधानका प्रचलित मौलिक अभ्यासहरूको खोजी र प्रवर्धन गर्न

५.नागरिक चेतना

१५. नेपालको संवैधानिक विकासक्रम उल्लेख गर्न र नेपालको वर्तमान संविधानको विशेषता बताउन

१६. वर्तमान संविधानले प्रदान गरेका मौलिक हकसँग परिचित हुन र नागरिक कर्तव्य पालना गर्न

१७. नागरिक पहिचानका आधारहरू उल्लेख गर्न

१८. सुशासनको परिचय र महत्व उल्लेख गर्न एवम् लोकतान्त्रिक आचरणको अवलम्बन गर्न

१९.नागरिक समाजको परिचय र भूमिका खोजी गर्न

२०. राष्ट्र र राष्ट्रिय ताको सम्मान गर्न र राष्ट्रिय  सरोकारका विषयप्रति सचेत रहन

६. हाम्रो पृथ्वी

२१ अक्षांश र देशान्तरको परिचय र प्रभाव उल्लेख गर्न

२२. नेपालको धरातलीय स्वरूप र यसको निर्माण प्रव्रिmया, विशेषता र प्रभाव बताउन

२३. नेपालमा पाइने हावापानीको पहिचान र जनजीवनमा परेको प्रभाव विश्लेषण गर्न

२४.नेपालका वनस्पतिको परिचय, प्रकार र महत्व बताउन

२५. नेपालको खनिज र जलस्रोतको परिचय दिन र उपयोग बताउन

२६. नेपालमा घट्ने प्रमुख विपत् र तीनको न्यूनीकरणका उपायहरू बताउन र व्यवस्थापनमा सहभागी हुन

२७. एसिया, युरोप र अष्टेलियाको धरातलीय स्वरूप, हावापानी र जनजीवनको वर्णन गर्न

२८. नक्सा अध्ययन र निर्माण गर्न

७. हाम्रो विगत

२९. ऐतिहासिक स्रोतहरूको खोज, अध्ययन गर्न एवम् त्यसको संरक्षणका उपायहरू अवलम्बन गर्न

३०. बुद्ध जन्मभूमि र शाक्य वंशीय इतिहासको छोटकरीमा वर्णन गर्न

३१. आफ्नो वंशको महत्वपूर्ण पक्षको खोजी र वंश वृक्ष तयारी गर्न

३२.नेपालको एकीकरण अभियानका मुख्य घटनाहरू तथा प्रभाव उल्लेख गर्न

८. हाम्रा आर्थिक क्रियाकलाप

३५. परम्परागत र आधुनिक कृषिको महत्व, विशेषता बताउन र कृषि क्षेत्रका विकासको सम्भावनाको खोजी गर्न

३६. उद्योगको परिचय, प्रकार र महत्व बताउन र उद्योगका सम्भावनाको पहिचान गर्न

३७. व्यापारको परिचय ,प्रकार र महत्व बताउन

३८ नेपालमा व्यापारको बजारीकरण र विविधीकरण एवम् व्यापार प्रवर्धनका उपायहरू उल्लेख गर्न

३९. श्रम, आयआर्जन र रोजगार एवम् उद्यमशिलताको सम्बन्ध प्रस्तुत गर्न

९. हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग

४० नेपालका दातृ राष्ट्र तथा संस्थाहरूसँग सम्बन्ध र सहयोगको अवस्थासँग परिचित हुन

४१. संयुक्त राष्ट्र सङ्घमा नेपालको भूमिका उल्लेख गर्न

४२. सार्क र युरोपियन युनियन को परिचय र भूमिका बताउन

४३ . सूचना तथा सञ्चार प्रविधिका स्रोत एवम् सामग्रीको परिचय दिन र प्रभावकारी उपयोग गर्न एवम् सावधानी अपनाउन

४४. विश्वमा घटेका मुख्य समसामयिक घटनासँग परिचित हुन

१०. जनसङ्ख्या परिचय र व्यवस्थापन

४५. जनसाङ्ख्यिकीका तत्वहरू उल्लेख गर्न र नेपालमा जनसङ्ख्या परिवर्तनमा प्रभाव पार्ने तत्वहरूको सूची तयार पार्न

४६. नेपालमा बसाइँसराइका कारण र असरहरू पहिल्याउन

४७. जनसङ्ख्या वृद्धिका कारण, असरहरू र व्यवस्थापनका उपायहरू प्रस्तुत गर्न

                                                                   शिक्षकः- लक्ष्मीप्रसाद जोशी


Post a Comment

Previous Post Next Post