-->

Highlight

Most viewed Post

लोक सेवा आयोगको प्रथम पत्रमा ४५ भन्दा धेरै अंक ल्याए पनि मतलब नहुने ।

 

लोक सेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको परीक्षामा प्रथम पत्र र द्वितीय पत्रको परीक्षाका विषयवस्तु फरक फरक हुने भएकाले प्रथम पत्रमा परीक्षार्थीले प्राप्त गरेको अङ्क लिखित परीक्षामा नजोड्ने भएको छ । साथै अबदेखि प्रथम पत्रमा उत्तीर्ण हुन ४५ अङ्क  ल्याउनुपर्ने व्यवस्था समेत गरेको छ । तर पाठ्यक्रम भने यथावत नै रहेको छ । १ सय पूर्णाङ्कको वस्तुगत प्रश्नका आधारमा लिइने प्रारम्भिक चरणको परीक्षामा ४५ अङ्क ल्याए मात्र द्वितीय पत्रको परीक्षामा सहभागी हुन पाइने व्यवस्था गरिएको छ । पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्ताङ्कको ५० प्रतिशत अङ्क दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था चालु आव देखि नै लागु नहुने गरी पाठ्यक्रम परिमार्जन गरेको छ  लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाका रूपमा मात्र लिई प्राप्ताङ्कलाई मूल परीक्षाको अङ्कमा समावेश नगर्ने व्यवस्था गरिएको छ । लोक सेवा आयोगको परीक्षालाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो।” यो व्यवस्था कार्यान्वयनमा आएसँगै प्रथम र द्वितीय पत्रको आ-आफ्नै अस्तित्व हुने छ । प्रथम पत्रमा जति धेरै राम्रो गरेपनि कुनै मतलब हुने छैन । केबल ४५ अंक ल्याए पुग्ने छ भने दोस्रो पत्रमा छुट्टै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

 

Post a Comment

Previous Post Next Post