-->

Highlight

Most viewed Post

विद्यार्थी फेल हुदैनन ??

 विद्यार्थी फेल हुदैनन ?

    हो विद्यार्थी फेल हुदैनन् किनकी कुनै न कुनै सीप हुन्छ उसमा । गणितमा ० अंक ल्याउने विद्यार्थीले संगित राम्रो जानेकाे हुन सक्दछ । तर विद्यालयमा संगित पढाउन व्यवस्था पनि हुनुपर्‍यो । तव ग्रेडिङ पद्दतीको अर्थ हुन्छ । सबैमा सबै सीप हुदैनन् । एक न एक सीप सबैमा भगवानले दिएकाे हुन्छ, पहिचान गर्न सक्नुपर्‍यो । नेपालमा २०७२ सालबाट सुरु भएकाे ग्रेडिङ पद्दती र निरन्तर विद्यार्थी मुल्यांकन अनुसार कुनै पनि विद्यार्थी फेल हुदैनन भन्ने गरियो । यसकाे अर्थ कुनै विषयमा कम अंक आउदैमा फेल भन्न सकिदैन बरु उक्त विषयमा कमजोर मात्रै हो भनियो र विद्यालयले पनि सबै विद्यार्थी पास गरि कक्षा उकास्नुपर्छ भन्ने धारणा राखि सबै विद्यार्थी माथिल्लाे कक्षाामा उकासियो तर उसमा ज्ञान र क्षमताकाे स्तर भने मापन गरिएन । यसकाे परिणाम स्वरुप कक्षा चढ्दै जादा प्रतिस्पर्धा र जिम्मेवारी बढ्दै जान थालेपछि विद्यार्थीलाइ थाहा भयो की मेरो पढाइ कमजोर भइसकेकाे रहेछ । प्रचलन कस्तो सम्म आयो भने चिट चोर्न  दिनुपर्छ । यो अधिकार हो भन्ने जस्तो भयो । २०६३ सालबाट जब परीक्षा केन्द्रहरु जिल्ला सदरमुकामबाट अन्य गाउँका विद्यालयहरुलाइ पनि परीक्षा केन्द्र तोकियो तब मुल्यांकन प्रणालीमा समस्या आउन थाल्यो । तल्लो कक्षाबाट सरारसर उतिर्ण गर्दै लगेर माथिल्ला कक्षामा जब परीक्षा नियमानुसार कडाइ गरियो तब ५ प्रतिशत विद्यार्थी पनि ३५ प्रतिशत सबै विषयमा नकटाउन सकेकाे देखियो । यसमा दोषी निति निर्माता, कार्यान्वयनकर्ता, संस्था, शिक्षक, विद्यार्थी, अभिभावक सबैको छ ।  सुधारका लागि के गर्ने त ?

विद्यालय शिक्षामा सुधार ल्याउनु छ भने तलका काम गरौँ ।

-नयाँ शैक्षिक सत्रबाट सबै विद्यालयले शैक्षिक क्यालेन्डर बनाउने ।

-प्रत्येक शिक्षकले दैनिक पाठ योजना तयार पार्ने ।

-विद्यालयले वा स्थानीय तहले शैक्षिक सामग्रिहरुकाे व्यवस्था गर्ने । 

-शिक्षक/प्रअ/कर्मचारी सबैमा यस्तै त हो चलिहाल्छ नी भन्ने भावना परित्याग गरि अब हामीले नै हो गर्ने भन्ने भावना  विकास गर्ने । 

-मुल्यांकन प्रणालीमा कुनै सम्झौता नगरि कडाइका साथ सबै कक्षाका परीक्षाहरु सञ्चालन गर्ने । 

-नतिजामा कुनै पनि सम्झौता नगर्ने ३५ प्रतिशत नल्याउने विद्द्यार्थीलाइ कक्षा नउकास्ने व्यवस्था गर्ने, 

-अभिभावकहरुले दैनिक विद्यालयमा उपस्थित हुने । 

-शिक्षक उपस्थित नियमित बनाउने ।

-कक्षा १-३ को मुल्यांकनमा सबै भन्दा समस्या देखिएको छ यसकाे लागि स्थानीय तहले तालिमा सञ्चालन गर्ने ।

-कक्षा ४-८ को ५० प्रतिशत र कक्षा ९-१२ मा २५ प्रतिशत आन्तरिक मुल्यांकन वाफत विद्यार्थीको अनुहार हेरेर वा नाता समबन्ध वा बाह्य परीक्षाका अंक हेरेर मुल्यांकन नगर्ने पाठ्यक्रमले तोकेको मापदण्डमा रहि वास्तविक मुुल्यांकन गर्ने । 

-आन्तरिक मुल्यांकनका कार्यहरुमा केहि खर्च लाग्ने भएकाले सो को व्यवस्थापन विद्यालय वा शिक्षा शाखाले गर्ने ।

-शिक्षण पेशा जागिर मात्रै होइन समाजसेवा पनि हाे भन्ने भावना शिक्षकमा हुनुपर्ने ।

-विद्यालय अवधिमा शिक्षकको सम्पुर्ण ध्यान विद्यार्थीमा हुनुपर्ने । 

-अभिभावकहरुले विद्यार्थीलाइ चाहिने आधारभूत सामग्रीहरु जुटाइदिने । 

-स्थानीय तहको अधिकार क्षेत्रभित्र भएका सबै कार्यहरु गर्ने गराउने । 

-राजनितिक हिसाबले विद्यालय मुक्त राख्ने ।

                                                                                               - लक्ष्मीप्रसाद जोशी

                                                                                                        शिक्षक

Post a Comment

Previous Post Next Post