-->

Highlight

Most viewed Post

SEE परीक्षा दिने परीक्षार्थीहरुले परीक्षा दिनु अघि यी कुराहरु थाहा पाउनुहोस् ।

 SEE दिन लाग्नु भएका प्यारा  विधार्थी भाइ बहिनिहरु !!  प्रश्नहरु कसरी हल गर्ने त ?

-प्रश्नपत्र हात पर्ने वित्तिकै लेख्न भन्दा एक पटक पुरै प्रश्नहरु हेर्नुहोस र सजिलो लागेको प्रश्न सर्वप्रथम बनाउनुहोस् ।

-१ अंकको प्रश्नका लागि तपाइ संग २ मिनेट ४ सेकेन्डको समय हुने छ, ४ अंकको प्रश्नका लागि ९ मिने ६ सेकेन्ड र ७ अंकका प्रश्नको लागि १६ मिनेट ८ सेकेन्डको समय हुनेछ ।

-एउटा सामान्य समय दिने घडी बोक्नुहोस् । 

-परीक्षा चिट चोर्न पाइएला भन्ने आशमा नबस्नुहोस् किनकी चिट चोर्न पाइदैन, समय गइसकेको हुन्छ ।

-परीक्षामा हरेक सेकेन्डको महत्व हुने हुदा समयको ख्याल गर्नुहोस् । 

-प्रश्नले मागेको भन्दा धेरै उत्तर लेख्न नखोज्नुहोस् यसरी समय मात्रै खेर जान्छ । 

-सामाजिक अध्ययन नितान्त माैलिक र सिर्जनात्मक विषय हो यसमा  सम्झेर रचनात्मक ढंगले लेख्ने कोसिस गर्नुहोस् ।

-सामाजिक अध्ययन विषयमा जम्मा २४ वटा प्रश्नहरु सोधिने छन् । जसमा ११ ओटा प्रश्नहरु १/१ अंक भारका, ९ ओटा प्रश्नहरु ४/४ अंकका र ४ ओटा प्रश्नहरु ७/७ अंकका सोधिने छन् । 

-७५ पुर्णांककव विषयमा ३ घण्टा र ५० पूर्णांकको विषयमा २ घण्टाको समय हुने छ । 

-विज्ञान विषयमा वस्तुगत र विषयगत २ प्रकारका प्रश्नहरु हुनेछन् । वस्तुगत प्रश्न हहल गरेर मात्रै उत्तरपुस्तिका बुझाएपछि मात्र  विषयगत प्रश्नहरु पाइने छन् । 

- इलेक्ट्रोनिक सामग्रीहरु तथा मोबाइल  पूर्ण रुपमा निषेध गरिएको छ । 

गणित बिषयमा जम्मा 16 ओटा प्रश्न र 49 वटा उपप्रश्न हुनेछन। प्रश्नहरु सन्दर्ब दिएर त्यसअनुसारका  उप प्रश्नहरु (Sub questions ) हुनेछन ।

-सोधिएका 16 ओटा questions हरु तपाइँ हरुले पढेकै र अभ्यास गरेकै बाट सोध्नेछ तर questions modify भने अवस्य हुनेछन् ।

-प्रश्नपत्र हातमा पुग्ने बितिक्कै राम्रो सङ्ग पढ्नुहोस बुझ्नुहोस questions ले भन्न खोजेको के हो स्पष्ट हुनुहोस् र आफू लाई जुन question राम्रो सङ्ग आउछ त्यो question को सामाधान सफा सङ्ग लेख्नुहोस ।

-question को solution गर्दा sub questions को solution स्पष्ट देखिने गरि गर्नुहोस् 

जस्तैः तपाईं ले Q(1) solution गर्दै हुनुहुन्छ भने त्यो भित्र रहेका sub-questions को solution स्पष्ट (a),(b) (c) solution भनेर मज्जाले लेख्नुहोस ताकी तपाईंको कपि चेक गर्न र marks दिन सजिलो होस र परिक्षण गर्ने सर म्याम लाइ बुझ्न सजिलो हुन्छ। गजाङ गोजुङ भयो भने नम्बर दिँदा  छुट्न पनि सक्छ।

-उपप्रश्न  a र b का प्रश्नहरू ज्ञान र बोधतहका हुने भएकाले सजिला  हुनसक्छन भाषामा केहि घुमाउरो भए राम्रोसँग बुझेर मात्र समाधान गर्नुहोस।

-रफ गर्नु परे थप कापी प्रयोग गर्नुस् वा साइडमा पनि रफ लेखेर  गर्न सक्नु  हुन्छ ।  धेरै बाक्लो र गज्याङमज्याङ भने नबनाउनुस ।

- प्रत्येक उत्तरको बिचमा कम्तिमा 3 लाईन ग्याप राख्नुस र पेन्सिलले डबल लाईन तान्नुस  । जस्ले गर्दा समाधान  आकर्षक र स्पस्ट देखिन्छ ।

- कापिको भरपुर प्रयोग गर्नुस । जतिपनि कापी थप्न पाईन्छ तर मुलकापिमा थप उत्तर पुस्तिका संख्या +1 +1 गर्दै जानुस र निरीक्षकलाई हस्ताक्षर पनि गराउनुस । 

.- थपकापिको सिरियल मिलाएर मुलकापिमा स्टिच गराउनुस ।

- यो वर्षको SEE को question मा   HA Level उपप्रश्न (c) र (d)का प्रश्नहरु एक पाठसग अर्को पाठ जोडिएको र घुमाउरो पनि हुन सक्छ घुमाउरो भएपनि तपाइले पढेकै बिषयबस्तु हुन्छ राम्ररी पढेर र बुझेर उत्तर लेख्नुहोस्। । 

-तपाईं सङ्ग 3 घन्टा समय हुनेछ ।प्रत्त्येक questions को solution गर्दा तपाई ले भाषा के कति लेख्ने भन्ने कुरा main हुनेछ । 3 घन्टा मा 16 questions solution गर्दा भाषा चाहिने भन्दा बढि नलेख्नु होला ।


Post a Comment

Previous Post Next Post